२०८१ जेठ ६ , आइतवार

जाल्पा लघुवित्तको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

 

२०७८ फागुन १३ देखि लागु हुने गरी जाल्पा लघुवित्तले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो।शेयर राजिष्ट्रारका रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ।

 

शेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्नका लागि जाल्पा लघुवित्त र प्रभु क्यापिटलबीच सोमबार सम्झौता भएको हो। सम्झौतामा जाल्पा लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगी र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका थिए।