२०८१ बैशाख १२ , बुधवार

एमालेले आज एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै

सुनाखरी न्युज/ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

 

आज मंगलबार दिउँसो १ बजे तीनकुनेस्थित एक ब्यांकेटमा कार्यक्रम गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे पार्टीका आधिकारिक धारणा सार्वजनिक गर्न लागेको पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभयो ।

एमालेले संसद बैठक अवरोध गरेपनि आइतबार प्रतिनिधि सभाबाट एमसीसी पारित भएको थियो । एमसीसी सम्झौता अनुमोदनको प्रक्रियामा नेकपा एमालेले भाग लिएको थिएन ।