२०८१ जेठ ६ , आइतवार

सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी

सुनाखरी न्युज/ सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी गरेको छ ।

 

अमेरिकी सहयोग परियोजना एमसीसीको विषयलाई लिएर आगजगी गरिएपछि जिल्ला प्रशासनले हिजो राती साढे ७ बजेदेखि आज बेलुका साढे ८ बजेसम्मका लागि वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी गरेको हो । वीरेन्द्रनगरको पूर्व धुलियावीट, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे र दक्षिणमा शिवमन्दिर क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।

 

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुले हिजो साँझ राजनीतिक दलका जिल्ला स्थित पार्टी कार्यालयसँगै सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नुका साथै बजार क्षेत्रमा रहेका प्रहरी वीटमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गर्ने १७ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको सुर्खेतप्रहरीले जनाएको छ ।