२०८१ बैशाख १३ , बिहिवार

शेयर बजारमा देखिएन एमसीसी प्रभाव, ४३ अंकले घट्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ४३.१० अंकले घटेर दुई हजार ६ सय १० दशमलब ६० विन्दुमा रोकिएको हो ।

 

आइतबार नेप्से ७.७३ अंकले घटेर दुई हजार ६ सय ५३ दशमलब ७० विन्दुमा रोकिएको थियो । त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज ३ अर्ब ६६ करोड एक लाख बराबरको कारोबार भएको छ । आइतबार ३ अर्ब २७ करोड २७ लाख बराबरको कारोबार भएको थियो । आज कारोबार भएका धेरैजसो कम्पनीहरु घटेका छन् ।

 

यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्य घट्ने कम्पनीहरुमा हिमालयन तेह्रथुम पावर कम्पनी र सामलिङ पावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज १६ करोड ९ लाख भन्दा बढीको कारोबार भएको छ ।