२०८१ बैशाख २७ , बिहिवार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १ सय ११ जनामा कोरोना पुष्टि, १ को मृत्यु

सुनाखरी न्युज/ काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ९ हजार ७ सय १० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार ६ हजार ४ सय ८६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९४ जना र ३ हजार २ सय २४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार १९१ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय १५ जना निको भएका छन् ।

 

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५६ हजार ४१३ पुगेको छ । उक्त पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३५ पुगेको छ ।