२०८१ जेठ ७ , सोमवार

नाटक नगरौँ, संसदको बेइजत नगरौँ, नो एमसीसी, नो एमसीसी : झलनाथ खनाल

सुनाखरी न्युज/ काठमाडौं ।

 

सत्तारुढ दल नेकपा का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी सहायता परियोजना (एमसीसी) संशोधन नभई एकतर्फी ढंगले पारित नहुने बताएका छन् ।

 

आइतबार संसद् बैठकमा एमसीसी छलफलका लागि अघि बढाइसँगै आफ्नो धारणा राख्ने क्रममा नेता खनालले अहिलेको परिस्थितिमा कुनै पनि हालतमा एमसीसी अघि बढाउन नसकिने बताए ।

 

उनले भने, ‘संसदको बेइजत नहोस् । दिगोपन होस्, नाटकजस्तो नहोस् । दुवै देशबीच बसेर संशोधन हुनुपर्छ । एकतर्फी ढंगले मात्र अघि बढ्न हुँदैन । धारा र उपधारा सच्याएर मात्र अनुमोदनको ढंगमा अघि बढ्न सकिन्छ । तर, यथास्थितिमा नो एमसीसी । फेरि पनि नो एमसीसी ।