२०८१ बैशाख २७ , बिहिवार

नेप्सेमा ७.७३ अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको आज आइतबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ७.७३ अंकले घटेर दुई हजार ६ सय ५३ दशमलब ७० विन्दुमा रोकिएको हो ।

 

त्यस्तै, आज ३ अर्ब २७ करोड २७ लाख बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्यमा आज ४.५३ प्रतिशतले बढेर प्रतिकित्ता ३६६ रुपैयाँ पुगेको छ । त्यस्तै, आज दुई कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

 

शेयरमूल्य घट्ने कम्पनीहरुमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र तेह्रथुम पावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २० करोड ४४ लाख भन्दा बढीको कारोबार भएको छ ।