२०८१ जेठ ७ , सोमवार

आइएमई पे र दराज वीच‘दराजवालेट डे’सम्बन्धि सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमईपे र दराजवीचसम्झौता भएको छ ।

 

सम्झौतामा आइएमई पेको तर्फ बाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फ बाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार हरेक आइतबार दराजवालेट डेहुनेछ ।जस अनुसार आइएमई पे मार्फत भुक्तानी गर्दा १०% छुटको रिडिम भाउचर पाउन सकिने साथै प्रयोगकर्ताहरु लाई आइएमई पे एपवाआइएमई पे भिसा कार्डको १०% छुट (रु. ३५० र रु. ५०० सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ ।

 

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका सहायक महाप्रबन्धक प्रमोद प्रमोदमान सिंह बस्नेतले यस अघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रहि यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु ल्याइसकेको र यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरु लाई डिजिटल प्रविधिचलाउनप्रोत्साहनदिनेछन् भन्ने कुरामा विश्वस्त रहेको बताउनु भयो । हरेकआइतवार वालेट डेको शुरुवात गरिएको उपलक्ष्यमा बोल्दै दराजका भुक्तानी र साझेदारी प्रमुख अरुण फँुयालले दराजमा आइएमई पे एप मार्फत भुक्तानी गर्दा सेवा ग्राहीहरू लाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदापनि उठाउन सक्ने विश्वास ब्यक्तगर्नु भयो ।

 

दराजको बारेमाः
नेपाललगायत ४ विभिन्न दक्षिण एशियायीमुलुकस्थित दराज एक सर्वप्रियअनलाइनबजार हो। दराजले सदैव ग्राहकहरुलाई सर्वोत्तमसपिङ्गअनुभवप्रदानगर्ने प्रयास गरेको छ। केवल एक एप मै ग्राहकहरुले बच्चा देखि बुढा–बुढी सम्मलाई हुने घरायसी सामान देखि लिएर लुगा–फाटा, मोबाईल फोन, ल्यापटप, मेक–अपको सामान सम्म सबै किनमेल गर्न सक्छन्।

 

आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवाप्रदायकआइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो। आइएमई पेआइएमई ग्रुपको डिजिटल वित्तिय सेवाप्रदायक एक उत्पादनहो। नेपाल राष्ट्र बैंकको भुक्तानीतथा फर्छ्यौट्टविनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवाप्रदानगर्ने पहिलो कम्पनी हो।

 

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरु मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा QR च्स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्नेर विभिन्न घरयासी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यास ब्याकहरुको पनि सुबिधा उपलब्ध छ।

 

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधाप्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एपतथाएजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।