२०८१ जेठ ७ , सोमवार

सामसङ्ग नेपाल प्रस्तुत गर्दछ मोडर्न किचनको लागि निर्मित नयाँ थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर

सुनाखरी न्युज/ काठमाडौं । नेपालको सबै भन्दा विश्वसनीय कन्ज्युमर इलेक्ट्रोनिक्स एवं नम्बर १ रेफ्रिजेरेटर ब्राण्ड सामसङ्गले कम्प्याक्ट मोडर्न किचनको लागि डिजाइन गरिएको थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटरको नयाँ मोडेल उपलब्ध गराएको छ । यससँगैं सामसङ्गले नेपालका ग्राहकहरु बाट माग हुँदै आएकाले ठूलो रेफ्रिजेरेटरहरुको आपूर्ति गर्दै आएको छ ।

 

फ्रेन्च डोर रेफ्रिजेरेटरमाभएको कन्भर्टिबल अपशनले ग्राहकहरुलाई आवश्यकताअनुसार एउटा बटन दबाउँदैफ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधाल्याएको छ । आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा ढोका नखोली रेफ्रिजेरेटरको चिसो तापक्रमलाई कायमै राखेर चिसो पानी निकाल्न मिल्ने गरी वाटर डिस्पेन्सरको सुविधापनि राखिएको छ । यो स्टाइलिस स्टेनलेस स्टील फिनिशभएको फ्रेन्च डोर रेफ्रिजेरेटर वाटर डिस्पेन्सरसहित ५७९ लिटरमाउपलब्ध छ।

 

फ्रेन्च डोर रेफ्रिजेरेटरमा ट्वीनकूलिङ्गप्लस प्रविधि छ, जसले फ्रिज र फ्रिजर खण्डहरुलाई बेग्ला बेग्लै चिसो राख्दै गन्धहरु फैलिनबाट रोक्न र खाद्य सामग्रीहरुको मौलिक स्वादजोगाइराख्न मद्दत गर्छ । पावर कूल र फ्रिज सुविधा सक्रियगर्न सजिलो भएकोले तपाईंलाई आवश्यकतापर्दा आइस र चिसो पानीछिटो चाहिँदाकुर्न पर्दैन ।धेरै फलफुल र सागसब्जीहरु राख्नका लागि यसमा २१.७ लिटर क्षमताभएका ठूलो क्रिस्परहरु र २ लिटर सहजै अट्ने अत्यधिक ठूलो डोर बिनहरु राखिएका छन् । २ वटा शेल्फ र चलाउनमिल्नेआइस मेकरसहितको सुविधाजनक फ्रिजर स्टोरेज भएको हुँदायसमा स्थानअभाव र पहुँचको समस्याहुँदैन ।

 

यी नयाँ रेफ्रिजेरेटरहरुमा भएको कम्प्रेसर र डिजिटल इन्भर्टर प्रविधिमा १० वर्षको वारेन्टी अफर दिइएको छ, जसले ५० प्रतिशत सम्म विद्युत खपतकम गर्छ । ५७९ लिटर को फ्रेन्च डोर रेफ्रिजेरेटरको बजार मुल्य ने.रु.२९९,९९०÷ मा उपलब्ध छ । फ्रेन्च डोर रेफ्रिजेरेटरहरु सामसङ्गप्लाजा website साथसाथै हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको वितरक सञ्जाल मार्फत नेपालभरसम्पूर्ण प्रमुख कन्ज्युमर इलेक्ट्रोनिक्स स्टोरहरुमा उपलब्ध छ । यो रेफ्रिजेरेटरको कम्प्रेसरमा १० वर्षको वारेन्टी दिइएको छ र ५० प्रतिशत सम्म विद्युत खपतकम गर्ने डिजिटल इन्भर्टर छ ।

रेफ्रिजेरेटरलाई सफा राख्न यसमा लाग्ने हातका छापहरु र चिन्हहरु हटाउन दिनदिनै सफा गरिरहन पर्ने छैन । यी रेफ्रिजेरेटरहरु छाप प्रतिरोधकफिनिसका साथ उपलब्ध छन्, जसले ढोकाहरुलाई फोहर दागहरुबाट सुरक्षित राख्छ अनि सफा र दागधब्बा रहित बनाउँछ ।सामसङ्ग डिजिटल इन्भर्टर कम्प्रेसर धेरै समयसम्म टिक्छ र ५० प्रतिशत सम्म विद्युतखपत बचाउँछ । उच्च गुणवत्ताको कम्पोनेन्टहरु भएकोइन्भर्टर प्रविधि२१ वर्ष सम्म चल्ने क्षमताभएको प्रमाणित भएको छ र यो १० वर्षको वारेन्टीका साथ उपलब्ध छ ।