२०८१ जेठ ७ , सोमवार

 एकैदिन रु. १४०० सयले घट्यो सुन

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड ९६ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार १०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामै १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार र तेजाबी गोल्ड ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

 

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २० रुपैयाँ घटेर चाँदी १ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।