२०८१ जेठ ७ , सोमवार

क्याप्टेन विजय लामा बने इसेवा ट्राभल्स् एण्ड टुर्सका ब्राण्ड एम्बेष्डर

सुनाखरी न्युज/ काठमाडौं । नेपाल एयरलाइन्स्का वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेष्डर नियुक्त भएका छन् । शुक्रबार एक कार्यक्रमकाबीच ब्राण्ड एम्बेष्डर नियुक्त सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

 

कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र क्याप्टेन विजय लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । क्याप्टेन बिजय लामा ब्राण्ड एम्बेष्डर नियुक्त भएसँगै अन्तराष्ट्रिय हवाइ टिकट क्षेत्रमा थप पारदर्शीता कायम हुनुका साथै आम मानिसले कम मूल्यमा सहज रुपमा टिकट काट्न सक्ने अपेक्षा गरिएको छ ।

 

कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, “ विजय लामा जस्तो बहुआयामिक व्यक्तिलाई ब्राण्ड एम्बेष्डर बनाउन पाउँदा हामीलाई गर्व महशुस भएको छ । कार्यक्रममा एफवान थप पारदर्शीता, सुलभता र सहजता ल्याउनसहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”

 

यस्तै कार्यक्रममा ब्राण्ड एम्बेष्डर विजय लामाले नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी इसेवासँग जोडिन पाउँदा खुशी लागेको बताए । इसेवाले आन्तरिक टिकटिङ्ग क्षेत्रमा आफुले प्रुफ गरिसकेको छ र अन्तराष्ट्रिय टिकटिङ्गको क्षेत्रमा पनि आफुलाइई प्रुफ गर्ने विश्वास रहेको उनको भनाई छ ।