२०८१ जेठ ६ , आइतवार

शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष गोयल लाई Professional Doctoral Certificate बाट सम्मानित

सुनाखरी न्युज/ काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल लाई European International University (EIU) Paris, France द्वारा Professional Doctoral Certificate in Business Management(विद्यावारीधीको मानार्थ) उपाधी प्रदान गरेको छ ।

 

उहाको कुशल व्यवस्थापन र उहाले व्यवसायीक क्षेत्रमा पु¥याउनु भएको योगदानको सम्मान गर्दै आज मिति ०७८ फागुन १३ गते थाईल्याण्डमा आयोजित एक समारोह विच उहाँलाई Professional Doctoral Certificate प्रदान गरेको छ ।

 

डा.सुरेन्द्र कुमार गोयल ज्यू स्थापनाकाल देखिनै शिवम् सिमेन्ट लिमिटेडमा आबद्ध रही शिवम् सिमेन्ट लाई छोटो समयमा ग्राहकहरु माझ लोकप्रिय ब्राण्ड बनाउन सफलहुनु भएको छ । उहाको कुशल व्यवस्थापन र कार्यदक्षताका कारणले गर्दा नै शिवम् सिमेन्ट नेपालको उत्कृष्ट एवम् गुणस्तरीय ब्राण्ड बन्नुका साथ साथै सर्वसाधारणमा शेयर निस्काशन गरी उच्च प्रतिफल दिने नेपालकै पहिलो लिमिटेड कम्पनी बन्न सफल भएको छ ।