२०८१ जेठ ३ , बिहिवार

प्रतिनिधिसभाको बैठक आज बस्दै

सुनाखरी न्युज/ काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपरान्ह १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने बताइएको छ ।

 

यसअघि शुक्रबार बस्ने भनिएको बैठक एमसीसीमा सहमति नजुटेपछी सुचना टाँस गरी स्थगित गरिएको थियो । आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीबारे छलफल हुने बताइएपनि दलहरुबीच ठोस सहमति बन्न बाँकी छ ।

 

तर संसदबाट एमसीसी अनुमोदन गर्ने बारे दलहरु भने आपसी छलफल र परामर्शमा ब्यस्त भएका छन । गठबन्धन नभत्किने गरी एमसीसी अगाडी बढाउने गरी सहमतिको प्रयास भैरहेको नेताहरुले बताउनु भएको छ ।