२०८१ जेठ ७ , सोमवार

एमसीसी विरुद्ध अखिल (क्रान्तिकारी) ले गर्यो सडक मै जनमत संग्रह

सुनाखरी न्युज/ काठमाडौं । प्रतिनिधिसभामा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा आन्दोलनरत नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल (क्रान्तिकारी) ले सडक जनमत संग्रह गरेको छ ।

 

यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने भन्ने विषयमा क्रान्तिकारीको काठमाडौँ महानगर कमिटीले गरेको मतदानमा १५२३ मतदाता सहभागी थिए । जसमध्ये एमसीसी पारित गर्नुपर्छ भन्नेमा ५३ मत र यथास्थितिमा पारित गर्नु हुँदैन भन्नेमा १४५९ मत र ११ मत बदर भएको थियो ।

 

यथास्थितिमा एमसीसी पारित गर्ने कि नगर्ने भन्ने विषयमा नागरिकहरुको राय बुझ्न जनमत संग्रह अखिल (क्रान्तिकारी) ले जनाएको छ ।  मतदानमा माओवादी निकटका विद्यार्थी नेता कार्यकर्ताहरुसहित सर्वसाधारणले समेत मतदान गरेका थिए ।