२०८१ जेठ ३ , बिहिवार

रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्धारको लागि सरकार र एनआरएनए बीच उच्चस्तरीय संयन्त्र गठन

सुनाखरी न्युज/ काठमाडौं । विगत केही दिनदेखि जारी रुस रयुक्रेनको युद्धबाट प्रभावित नेपालीहरुको उद्धार एवं सहयोगको सम्भावनाबारे छलफल गर्न शनिवार भर्चुअल माध्यमबाट एक अन्तरक्रिया सम्पन्न भयो ।

 

गैरआवासीय नेपाली संघको आयोजनामा भएको अन्तरक्रियामा युद्धको चपेटमा परेका नेपाली समुदायको उद्धार रसहयोगको लागि जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा “रुस – युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति” गठन गरेको छ । गैरआवासीय नेपाली संघका युरोपस्थित राष्ट्रिय समितिहरु समेत रहेको सो समितिको संयोजकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा= बद्री केसी -रुस रहनु भएको छ।

 

यस्तै सो समितिको सदस्य सचिवमा डा= चिरन्जिवी खड्का -चेक रिपब्लिका_, सदस्यहरुमा जीवन केसी -पोल्याण्ड_, हरि बहादुर मल्ल -युक्रेन_, शिव कुमार भुर्रतेल -रुस_, जया प्रसाद शिवाकोटी -स्लोभाकिया_, नवराज पोखरेल -रोमानिया_, सुरेन्द्र श्रेष्ठ -हङगेरी_, यदुराम पन्थी -चेक रिपब्लिका_, मिलन पन्त -जर्मनी_, र प्रेस संयोजकमा चिरन शर्मा -यूके_ रहनु भएको छ । यस्तै द्वन्द्व पिडितको लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि डा= बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमिति समेत गठन गरिएको छ ।

 

अन्तरक्रियामा बोल्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले युक्रेन र रुसको द्वन्द्वबाट प्रभावित २२० जना नेपालीहरु दुतावासको सम्पर्कमा आएको जानकारी दिनुभयो । उहाँले ती नेपालीहरुको सहयोगको लागि दुतावासले नेपाली सरकार, स्थानिय संघसंस्थाहरुसँग समन्वय गरिरहेको जानकारी दिनुभयो ।

 

गैरआवासीय नेपाली संघ -एनआरएनए_ का अध्यक्ष कुमार पन्तले द्वन्द्वग्रस्त मुलुक युक्रेनमा रहेका नेपालीलाई नआत्तिन आग्रह गर्नुभएको छ । अध्यक्ष पन्तले भन्नुभयो, अप्ठ्यारो पर्दा ‘एनआरएनएले नेपालीलाई आपत पर्दा जहाँ पनि सहयोग गर्छ कसैले अभिभावकविहिन हुनु पर्दैन। हामी सहयोगका लागि तयार छौँ ।”संघले विपत परेको बेला संसारका धेरै देशबाट नेपालीको उद्धार गरेको स्मरण गर्दै पन्तले भन्नुभयो, ‘अप्ठेरो परेको बेला हामीले धेरै देशबाट नेपालीको उद्धार गर्दै आएका छौँ । युक्रेनमा रहेका नेपालीलाई पनि सहयोग गर्न हामी प्रतिबद्ध छौँ ।’

 

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ -एनआरएनए_ का उपाध्यक्ष डा बद्री केसीले द्वन्द्वग्रस्त युक्रेनबाट नेपालीको उद्धार प्रक्रिया सुरु भइसकेको बताउनु भयो । उहाँले सीमा क्षेत्रमा १ दर्जनभन्दा बढी एनआरएनएका स्वयंसेवक परिचालन गरिसकिएको जानकारी दिनुभयो । संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक समेत रहेका डाकेसीलाई एनआरएनएले युक्रेनको लागि समन्वयको जिम्मेवारी दिइएको छ।

 

गैरआवासीय नेपाली संघका महासचिव डा= हेम राज शर्माले संचालन गर्नुभएको कार्यक्रमलाई सम्बोधन गर्दै रुसको लागि कार्यवाहक नेपाली राजदुत सुशील घिमिरेले रुसमा बस्ने नेपालीहरुको अवस्था सामान्य रहेको जानकारी दिनु भयो । उहाँले युक्रेनमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारको लागि दुतावास आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा गैरआवासीय नेपाली संघ युक्रेनका अध्यक्ष हरि मल्लले युक्रेनमा रहेका नेपालीहरुको अवस्थाको बारे जानकारी दिनुभयो । कार्यक्रममा विजया पाण्डे, जीवन केसी, सुरेन्द्र श्रेष्ठ, जया शिवाकोटी, नवराज पोखेरेल, आश्विन कुमार श्रेष्ठ, खगेन्द्र अधिकारी लगायतले आआफ्नो अनुभव सुनाउनु भएको थियो ।

 

अन्तरक्रियामा सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गर्ने, नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटको लागि समन्वयन गर्ने, सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानिय रुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुको लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधि तत्काल अघि बढाउन उच्चस्तरीय समितिलाई आग्रह गरेको छ ।

 

युक्रेनको द्वन्द्व प्रभावित नेपालीहरुलाई पोल्याण्ड, हङगेरी, रोमेनिया, माल्डावा र स्लोभागिकयाको सीमामार्फत उद्घार थालिएको छ। हाल सम्म नेपाली दूतावास जर्मनी र एनआरएनएसँग ४ सय जना नेपालीहरु सम्पर्कमा आएका छन् ।