२०८१ जेठ ५ , शनिवार

एन प्याव्सन कास्कीको लोक नृत्य प्रतियोगितामा अक्सफोर्ड प्रथम

सुनाखरी न्युज/ पोखरा। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) कास्कीले आयोजना गरेको १४ औं लोक नृत्य प्रतियोगितामा अक्सफोर्ड वोर्डिङ स्कूल प्रथम भएको छ ।

 

प्रतियोगितामा राइजि· स्टार एकेडेमी द्धितीय, कास्की मोडनाइज्ड एकेडेमी तृतीय र ज्ञान ज्योति विद्याकुञ्ज मावि सान्त्वना भएका छन् । विजयी समूहलाई वरिष्ठ नृत्य निर्देशक बृद्धिप्रसाद गुरुङ गौरी, एन प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई, गण्डकी प्रदेश अध्यक्ष याम खड्का, कास्कीका अध्यक्ष हेमन्त अधिकारी, कोषाध्यक्ष रत्ना गुरुङ, युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङलगायतले ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रमको निर्णायकमा मनबहादुर गुरुङ माधव, प्रदिप मान श्रेष्ठ र ऋषिकेश श्रेष्ठ रहेका थिए।

 

कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक बृद्धिप्रसाद गुरुङ गौरीलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सिमित नगराई व्ययवहारीक ज्ञानसँगै नेपाली मौलिक संस्कृतिको ज्ञान दिने अभिप्रायले यो प्रतियोगिता आयोजना गरिएको हो । नेशनल प्याव्सन कास्कीले स्थापना काल देखि नै शैक्षिक विकासका निमित्त विद्यार्थी, शिक्षक र अभिभावकहरुकाबीच विभिन्न शैक्षिक तथा सहक्रियाकलाप गर्दै आएको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका शिक्षा संस्कृति, विज्ञान, प्रविधि, तथा समाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले रोजगार सिर्जना गर्ने शिक्षा आजको आवश्यकता भएको बताए ।

 

‘हाम्रो शिक्षा प्रणाली वेरोजगार जन्माउने थलो जस्तो भएको छ’ उनले भने, ‘अवको शिक्षा प्रणाली स्वरोजगार वनाउने खालको हुनुपर्दछ तपाईहरु त्यता तिर लाग्नुहोस् ।’उनले निजि विद्यालयसँग सँगै हातोमाले गरेर अगाडि बढ्न नेपाल सरकार सधै तयार रहेको बताए । ‘निजि विद्यालयका समस्य वुझेर नेपाल सरकार सधै हातेमाले गर्न तयार छ’ उनले भने,‘ तपाईहरु पनि सरकारको निति निर्देशनमा रहेर शिक्षा मार्फत समृद्ध समाज बनाउन तल्लिन हुनुहोस् ।’सम्मानिति व्यक्तित्व वरिष्ठ नृत्य निर्देशक वुद्धिप्रसाद गुरुङ गौरीले निरन्तरता नै सफलताको सिढी भएकोले निरन्तर लागि परे सफल भईने बताए ।

 

नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मनकाजी गुरुङ, सहसचिव प्रेमराज अधिकारी, अतिरिक्त क्रियाकलाप प्रमुख तथा नेशनल प्याव्सन कास्कीका सहकोषाध्यक्ष राजु केसी कार्यक्रम संयोजक तथा नेशनल प्याव्सन कास्कीका सदस्य राजु कायस्थ सदस्य शिवलाल पौडेलले बोलेका थिए ।