२०८१ जेठ ४ , शुक्रवार

प्रेम चौलागाईएको शब्द शृजना रहेको नयाँ गीत “इलाम कन्याम स्वर्ग जस्तै ठाँउ ”बजारमा

सुनाखरी न्युज/ काठमाडौं । बरिष्ठ गीतकार प्रेम चौलागाईएको शब्द शृजना रहेको नयाँ गीत ‘इलाम कन्याम स्वर्ग जस्तै ठाउँ’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।

 

‘बाईस तले धरहरा’, ‘सुनाखरी लत्रेरै लरक्क’, लगायतका गीतका गीतकार चौलागाईले हालै सार्वजनिक गीतमा पाथीभरामाईलाई साक्षी राखेर चोखो माया लाउने कुरालाई उठाएका छन् ।

 

प्रेम एक पवित्र वन्धन भएको हुँदा गीतकार चौलागाईले पूर्वका रमणीय र पर्यटकीय स्थानहरुलाई आफ्नो गीतमा समेटेका छन् । रचना रिमाल र सुशिल भट्टराईको स्वर रहेको गीतमा संगीत गोबिन्द गहतराईको रहेको छ । जसमा राजु कार्कीको एरेन्ज रहेको छ ।