२०८१ जेठ ३ , बिहिवार

सरकार र विश्व बैंकबीच दुई अर्ब १४ करोड ऋण सम्झौता, के मा हुँदैछ खर्च ?

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड रुपैयाँ बरारको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ। अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले शुक्रबार  सम्झौतामा हस्ताक्षर गरे।

यो ऋण नेपालले कोभिड-१९ विरुद्धको खोप खरिदमा उपयोग गर्ने अर्थ मन्त्रालयले बताएको छ। विशेषगरी ५ वर्षभन्दा माथिका सबैलाई खोप व्यवस्थाका लागि सो रकम खर्च गरिने मन्त्रालयको भनाई छ।

‘कोभिड १९ महामारीले सिर्जना गरेको निरन्तर बदलिँदो परिस्थितिहरूमा समेत नेपालले प्रभावकारी रूपमा प्रतिकार्य जारी राखेको छ’, हस्ताक्षर समारोहमा अर्थ सचिव मरासिनीले भने, ‘यस दोस्रो अतिरिक्त वित्तपोषणले सबै नेपालीमा, विशेषगरी बालबालिकाहरूमा खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा थप टेवा प्रदान गर्नेछ।’

 

उनले नेपालले १२ वर्षभन्दा माथिका व्यक्तिलाई कोभिडविरुद्धको सुरुवाती साथै बुस्टर मात्रासमेत प्रदान गर्ने कार्यमा उल्लेखनीय उपलब्धि हासिल गरेकोसमेत दावी गरे।