२०८१ जेठ ३ , बिहिवार

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

सुनाखरी न्युज/ काठमाडौं । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । सुदूर पश्चिम र कर्णाली प्रदेशका भू-भागमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहेको छ ।

 

शनिबार देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानहरूमा तथा बागमती र प्रदेश-१ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/असिनासहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

 

आइतबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू-भागमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भाग एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

यस्तो आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन १४ गते शनिबार
दिउँसो- सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानमा तथा बागमती र प्रदेश-१ का पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिनासहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

राति –सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमालगायत बागमती र प्रदेश-१ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

फागुन १५ गते आइतबार
दिउँसो – देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति – देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

फागुन १६ गते सोमबार
दिउँसो –पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति – देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।