२०८१ बैशाख ३० , आइतवार

शिखर इन्स्योरेन्सले तोक्यो हकप्रद शेयर निष्काशनको मिति, कहिलेसम्म कायम शेयरधनीले भर्न पाउँछन् ?

सुनाखरी न्युज/ काठमाडौं ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ३० प्रतिशत अर्थात् १ बराबर शून्य दशमलव ३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद निष्काशन तथा विक्री खुला गर्न लागेको हो ।

 

उक्त हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा शिखर इन्स्योरेन्सका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ ।

 

कम्पनीले हकप्रद निष्काशनका लागि कम्पनीले माघ २१ गते बुक क्लोज गरेको थियो । त्यसकारण माघ २० गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । उक्त शेयरमा चैत २१ गतेसम्म आवेदन दिन पाउनेछन् । हकप्रद शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 

कम्पनीको हकप्रदलाई इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।