२०८१ जेठ ५ , शनिवार

नदिमा बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला

सुनाखरी न्युज/ लमजुङ । लमजुङ जिल्लाको बेशी शहर नगरपालिका ११ रामचोकस्थित मस्र्याङ्दी नदिमा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

 

हिमालयन हाईड्रोपावरको आयोजनामा काम गर्ने २१ वर्षिय दिनेश तामाङ्ग उक्त आयोजनाको ब्लाष्टिङ्ग गरेर पानी खोल्ने क्रममा चिप्लन गई उक्त नदिमा बेपत्ता भएका थिए ।

 

सो घटनाबारे जानकारी पाउना साथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म लमजुङबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव नदिबाट बाहिर निकालेको हो ।