२०८१ बैशाख १३ , बिहिवार

नेकपा माओवादी केन्द्रको बैठक : सरकारबाट बाहिरिएपनि समर्थन कायमै राख्ने निर्णय

सुनाखरी न्युज/ काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले यथास्थितिमा एमसिसी पारित नगर्ने निर्णय गरेको छ ।

 

त्यस्तै, बैठकले सत्ता गठबन्धन कायम राख्न पहल गर्ने र तत्काल सरकारबाट बाहिरिनुपरे पनि बाहिरिने तर सरकारलाई दिएको समर्थन फिर्ता नलिने निश्कर्ष निकालेको छ । माओवादी केन्द्रका एक नेताले तत्काल सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको बताए । पछिल्लो समय एमसीसीको कारण सत्ता गठबन्धनमा दरार पैदा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पास गराउनेगरि तयारी थालेका छन् ।

 

उनले सकेसम्म आफू सत्ता गठबन्धनकै सहयोगमा एमसीसी पास गराउने पक्षमा रहेको बताउँदै आएका छन् । तर, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चा एमसीसीको विपक्षमा उभिएका छन् । उनीहरुले एमसीसीमा मतदान भए विपक्षमा भोट हाल्ने बताईसकेका छन् । योसँगै प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सँगको सहकार्यको लागि प्रस्ताव गरेका छन् । कांग्रेसले एमालेसँग सहकार्यको गृहकार्य गर्न थालेपछि माओवादी केन्द्रले सरकारमा बस्ने वा नबस्ने भन्नेबारे छलफल गरेको हो ।