२०८१ जेठ ५ , शनिवार

सवारी दुर्घटना हुँदा चालकको मृत्यु

सुनाखरी न्युज/ सोलु । सोलुको लिखुपिके गाउँपालिका-५ स्थितमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको सौरापानीका ३० बर्षीय अर्जुन थवाली मगर रहेका छन ।

आज बिहानको राती २ बजेको समयमा लिखुपिके-५ स्थितबाट एम डि दुगढ हाईड्रो पावर तर्फ जादै गरेको प्रदेश ३-०१-००३ क ६२८९ नम्वरको मिक्सचर (गिटी बालुवा घोल्ने) गाडी अनियन्त्रित भई सडकबाट १०० मिटर तल झरी दुर्घटना हुँदा चालक थवालीको घटना स्थलमै मृत्यु भएको हो ।

घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सोलुबाट आवश्यक कानुनि प्रकृया तथा थप अनुसन्धान भईरहेको छ ।