२०८१ बैशाख ३० , आइतवार

सरकारको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक आइतबार बस्ने

सुनाखरी न्युज/ काठमाडौं । प्रतिनिधिसभा (संसद) बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।

 

तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गते सम्मका लागि बैठक स्थगित गरीएको छ । अब अर्को बैठक आगामी आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले जानकारी दिए। बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।