२०८१ बैशाख ३१ , सोमवार

मालपोत कार्यालय चावहिलका खरिदार बस्नेतसहित तीन जना अख्तियारको नियन्त्रणमा

सुनाखरी न्युज/ काठमाडौं । अख्तियरा दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका खरिदार लक्ष्मण बस्नेतसहित तीन जनालाई घुससहित नियन्त्रणमा लिएको छ ।

अख्तियार आयोगले बस्नेतसहित तीन जनालाई बिहिबार एक लाख ३५ हजार घुस सहित नियन्त्रणमा लिएको हो । आयोगले भनेको छ– खरिदार लक्ष्मण बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस/रिसवत बापत एक लाख ३५ हजार माग गरिरहेको भन्ने सूचना परेको थियो ।

सोहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीद्वारा निज खरिदार लक्ष्मण बस्नेतसहित होटल व्यवसायी मिना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठ समेतलाई सेवाग्राहीबाट उक्त रकम घुस लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका–७ चावहिल स्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

 

मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेतसमेत ३ जना रु. १,३५,०००/- घुस रकमसहित नियन्त्रणमा।

 

प्रेस विज्ञप्ति

मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस/रिसवत बापत रु १,३५,०००।- माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीद्वारा निज खरिदार लक्ष्मण बस्नेतसहित होटल व्यवसायी मिना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठ समेतलाई सेवाग्राहीबाट रु १,३५,०००।– (एक लाख पैंतीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका -७ चावहिल स्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी