२०८१ जेठ ५ , शनिवार

सशस्त्र प्रहरी परिवार महिला संघद्धारा लुम्बिनी प्रदेशमा महिला स्वास्थ्य सम्बन्धि तालिम आयोजना

सुनाखरी न्युज/ काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल ए.पी.एफ. अस्पतालसँगको सहकार्यमा फागुन १२ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण बाँकेमा महिला स्वास्थ्य समस्यासँग सम्बन्धित जनचेतनामुलक कार्यक्रम र भी.आई.ए. भी. आई. एल. आई.जाँच तथा पहिचान र उपचार तालिम आयोजना गरेको छ ।

 

सो प्रशिक्षणमा नेपाल ए.पि.एफ.अस्पतालका गाईनोकोलोजी अन्कोलोजीष्ट प्रा.सशस्त्र प्रहरी उपरीक्षक डा.सौजन्य कर्मचार्य लगायतको टिमले रोगको उपचार विधि तथा महिलाको पाठेघर सम्बन्धि विविध समस्याको समयमा पहिचान नहुँदा आउन सक्ने जटिलता र रोग लागेपछि गरिने उपचारको बारेमा तथा भी.आई.ए., भी.आई.एल.आई. जाँच,सोको पहिचान र उपचारका साथै महिलाको पाठेघर सम्बन्धी रोगको उपचारमा प्रयोगमा आउने उपकरण सम्बन्धी बिषयमा बिस्तृत जानकारी प्रदान गर्नुभयोे ।

सो प्रशिक्षणमा सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता बाँके, सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण बाँके, नं.३१ गण बर्दिया, नं.४२ रिजर्भ गण सम्शेरगन्ज, नेपाल ए.पि.एफ.स्कुल बाँके र मध्यपश्चिम क्षेत्रिय अस्पताल कोहलपुर बाँकेमा कार्यरत महिला सशस्त्र प्रहरी तथा भु.पु.महिला कर्मचारीहरुका आश्रित महिला सदस्यहरु, स्थानिय महिला दिदिबहिनीहरु गरी ११८ जनाको सहभागिता रहेको थियो । सोहि अवसरमा लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी बल, नेपालका एकाईहरुमा एम.आई.रुममा कार्यरत स्वास्थ्यकर्मी, र स्थानीय क्लिनिकका स्वास्थ्यकर्मीहरु गरी २१ जनालाई भी.आई.ए., भी.आई.एल.आई.जाँच तथा पहिचान र उपचार सम्बन्धि तालिम प्रदान गरिएको हो ।

 

सशस्त्र प्रहरी परिवार महिला संघले महिलाहरुको पाठेघरमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उदेश्यले उक्त तालिम तथा जनचेतनामुलक कार्यक्रम आयोजना गर्दै आएको छ ।