२०८१ जेठ ५ , शनिवार

राप्रपा युवा संगठनका अध्यक्ष लोहनीको प्रश्न : तपाई नेपाली जनाताको प्रधानमन्त्री कि हो कि अमेरिकाको

सुनाखरी न्युज/ काठमाडौं । राप्रपाको भातृ संगठनहरुद्वारा एमसिसीको विवादास्पद र राष्ट्रहित विपरीतका प्रावधान खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष फणिराज लोहनी राजुले अमेरिकी सहयता परियोजना एमसीसीविरुद्ध राप्रपाका २१ वटा भातृ संगठनले संयुक्त रुपमा सडकमा आन्दोलन गर्दै आएको छ ।

 

राष्ट्रिय प्रजातान्त्रिक राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष फणिराज लोहनी राजुले प्रधानमन्त्री शेर बाहादुर देउवालाई तपाई नेपाली जनाताको प्रधानमन्त्री कि हो कि अमेरिकाको कारिन्दा हो भनि प्रश्न गरेका छन । जनताको विरोध हुँदा हुँदै एमसीसी पास गर्नु हुन्छ भने नेपाली जनताले छोड्ने छैनन ।

 

जब सम्म एमसीसी खारेज हुँदैन तब सम्म एमसीसीविरुद्ध राष्ट्रिय प्रजातान्त्रिक राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन विरोध पनि जारी रहने लोहनीले बताए । मुलुका दुई भागमा धुव्री करण भएको छ । एउटा राष्ट्रबादको भाग र अर्को भ्रष्टचारकोको भागमा विभाजित भएको लोहनिको तर्क छ । अब सम्पुर्ण राष्टबादीहरु राप्रपामा आएर भ्रष्टचारी दलहरु विरुद्ध बोल्न राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष फणिराज लोहनी सबैमा अपिल गर्छन ।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको छ । माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी विरोधी राप्रपा का भातृ संगठनहरुलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक रोकेको थियो । तर उनीहरुले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ आउन खोजेपछि प्रहरीसँग झडप भएको थियो ।