२०८१ जेठ २ , बुधवार

नेपाली राजनीतिमा नयाँ तरङग, एकपछि अर्को भेटघाट र छलफल तिव्र

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली राजनीतिमा नयाँ तरङग देखिएको छ । अमेरिकासँगको एमसीसी सम्झौता अनुमोदन गर्ने नगर्ने विषयले राष्ट्रिय राजनीति तरंगित जनाएको हो । यसैक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीवीच छलफल भयो । देउवा छलफलवाट निस्किएपछि एमाले र माओवादीका नेताहरुबीचको बैठक नयाँ बानेश्वरमा बस्यो ।

 

बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल छन् । माओवादी तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्तिबहादुर बस्नेत सहभागी भए ।

उता प्रधानन्त्री देउवा र पुर्व प्रधानमन्त्री डढा. वावुराम भट्टराई वीच पनि भेटघाट भयो । यो क्रम अवेरसम्म जारी छ ।

 

यसअघि कांग्रेस र एमालेबीचको बैठक साँझ पुन: बस्ने गरी टुंगिएको छ ।