२०८० चैत्र १५ , बिहिवार

ओमानमाथि नेपालको शानदार जित, ग्लोबल क्वालिफायरमा तेस्रो

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालले ओमानमाथि शानदार जित हात पारेको छ । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाले ओमानमाथि ९ विकेटको जित हात पारेको हो ।

 

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ बलमा ५५ रन बनाए । यस्तै, आसिफ शेखले २७ बल खेल्दै २१ रन बनाउँदै उनलाई साथ दिएपछि २२ बल अगावै ओमानले दिएको ८८ रनको लक्ष्य भेट्टाएको हो ।

 

यसक्रममा नेपालले १६।२ ओभर खेल्दै ९० रन बनायो । नेपालका ओपनर आरिफ शेख १८ बलमा १६ रन बनाउँदै आउट भएका थिए । आजको जितसहित नेपालले ओमानमाथि पछिल्लो तीन खेलमा लगातार जित हात पारेको छ ।