२०८१ बैशाख १५ , शनिवार

राप्रपा नेपालको गण्डकी प्रदेश र कास्की जिल्ला कार्यालय स्थापना,राप्रपा नेपालको मुख्य एजेण्डा हिन्दु राष्ट्र नेपाल

सूर्य बास्तोला/ पोखरा । राप्रपा नेपालको गण्डकी प्रदेशको सम्पर्क कार्यालय स्थापना भएको छ । पोखराको नयाँबजार स्थित बृहस्पति पेट्रोल पम्पको आडमा कार्यालय स्थापना गरिएको हो । सोही स्थानमा कास्की जिल्लाको सम्पर्क कार्यालय समेत स्थापना गरिएको छ ।

 

हिन्दु राष्ट्रलाई मुख्य एजेण्डा बोकेको राप्रपा नेपालले हरेक वडामा राप्रपा नेपाल भन्ने सिद्धान्तलाई अगाडि बढाई कार्यक्रम बढाउन लागेको राप्रपा केन्द्रीय सदस्य तथा स्थानीय निर्वाचन उपसमिति सदस्य शिव कुमार बास्तोलाले जानकारी दिनुभयो । हिन्दु राष्ट्र चाहने सबै कार्यकर्ता तथा शुभचिन्तकहरुलाई यो पार्टीमा आवद्ध हुन समेत आग्रह गर्नुभयो ।

 

स्मरण रहोस् कास्कीबाट राप्रपा नेपालका तर्फबाट केन्द्रीय सदस्य शिव कुमार बास्ँतोला र सूर्य बाँस्तोला मनोनियत हुनु भएको छ । थप केन्द्रीय सदस्य पछि मनोनित गरिने बाँस्तोलाले बताउनुभयो ।