२०८१ जेठ ५ , शनिवार

घोडा हिउँमा चिप्लिदा एक बालिकाको मृत्यु

सुनाखरी न्युज/ सोलुखुम्बु।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामू गाउँपालिका ३ लासे दोभानमा घोडा हिउँमा चिप्लिदा एक बालिकाको मृत्यु भएको छ ।

आज विहान भएको दुर्घटनामा घोडामा सवार खुम्बु पासाङल्हामू ४ खुम्जुङका ८ बर्षिया सोनाम छुटिन शेर्पा र ९ बर्षिया मिङमा कान्छी शेर्पा गम्भिर घाइते भएका थिए ।

 

उपचारका लागि नाम्चे स्वास्थ्य चौकी लैजादै गर्दा बाटैमा सोनाम छुटिन शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।