२०८१ जेठ ४ , शुक्रवार

दोहोरो अंकले घट्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.५० अंकले बढेर दुई हजार सात सय २० दशमलब ४३ विन्दुमा रोकिएको हो ।

 

मंगलबार नेप्से १७.४२ अंकले बढेर दुई हजार सात सय ३५ दशमलब ९३ विन्दुमा पुगेको थियो । त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । आज ३ अर्ब १३ करोड १२ लाख बराबरको कारोबार भएको छ । मंगलबार ३ अर्ब २१ करोड २८ लाख बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

 

शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा दिव्याश्वरी हाइड्रोपावर, युनाइटेड इदी मर्दी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज १९ करोड ३७ लाख भन्दा बढीको कारोबार भएको छ ।