२०८१ बैशाख ७ , शुक्रवार

जिपकम्पास र टाटा एच–५मा कुन रोज्ने? के–के छन् विशेषता?

सुनाखरी न्युज/ काठमाडौं। बजारमा प्रिमियमएसयुभी खण्डमा प्रतिस्पर्धा बढ्दो छ। कम्पनीहरू नयाँ मोडलमा र पुराना मोडलहरूलाई अद्यावरण गर्दै बजारलाई उपयुक्त एसयुभी सार्वजनिक गर्दै छन्।

नेपाली सडकको लागिएसयुभीथप रुचाइन्छ। यहाँको उबडखाबड बाटोलाई धेरै ग्राउन्ड क्लेरेन्ससहितउत्कृष्ट प्रदर्शनीका गाडीहरू उपयुक्त हुन्छ। तर बजारमा एसयुभी खण्डमा बिक्रीभइरहेका प्रायःएसयुभीहरू अफ–रोडको लागिउपयुक्त छैन। एसयुभीको आकार, ग्राउन्ड क्लेरेन्स र बाहिरी आवरणकै कारण बजारमा लोकप्रिय बन्दैछ। बजारमा उपलब्धविभिन्नएसयुभीमध्ये टाटा एच–५ पनि एक हो। एच–५को बाहिरी आवरण, स्टाइलिङ र आकार परिस्कृत हुनुका साथै एम–५ मा समावेश गरिएको विशेषताहरू उत्कृष्ट छन्। जुन नेपालीबजारको लागिनिकै उपयुक्त प्रमाणित भएको छ। कम्पनीले एच–५ मा यात्रु सुरक्षा र आरामदायिकताकाविषयमापनिथप जोड दिएको छ।

 

नेपालमा टाटा एच–५ सन् २०१९ को मध्यतिर सार्वजनिकभएको हो। भारतीयबजारमा भने यो सन् २०१९ को पहिलो महिना नै सार्वजनिकभएको थियो। बजारमा टाटा एच–५ का थुप्रै प्रतिस्पर्धी एसयुभीहरू छन्। जसमध्ये जिपकम्पास पनि पर्छ। कम्पनीले झन्डै तीनवर्ष अघि आफ्नो मिड–साइज एसयुभीबाट अद्यावरण गर्दै भारतीयबजारमा जिपको कम्पास सार्वजनिक गरेको थियो। कम्पनीले कम्पासको निर्माण एवम् उत्पादनमायसको बाहिरी आवरणदेखि भित्रीविशेषताहरूमाविशेष जोड दिएको छ। तर टाटा एच–५ को तुलनामाकम्पासमाकम ग्राउन्ड क्लेरेन्स छ। टाटा एच–५ र जिपकम्पास दुवै प्रिमियमएसयुभीहुन्। तर नेपालीबजारको लागिएच–५ र कम्पासमध्ये कुन बढी उपयुक्त छ?एच–५ र कम्पास दुई एसयुभीमा के–के विशेषता छन र, एच–५ र कम्पास दुईमध्ये कुन रोज्ने?

 

बाहिरी डिजाइनिङ
टाटा एच–५को डिजाइनिङ निकै सानदार छ। ल्यान्डलोभरको डिएनए र डिएट प्लेटफर्ममा तयार पारिएको एच–५ को बाहिरी डिजाइन निकै बोल्ड छ। एच–५ को डाइमेन्सन डिस्कभरी स्पोर्टको जस्तै छ भने बाहिरी शाररिक बनावट ल्यान्डलोभरको जस्तै छ। एच–५ एसयुभी ब्रान्ड इम्प्याक्ट २.० डिजाइनमा आधारित छ। टाटा एच–५ मा पुरै डिआरएलसहितको प्रोजेक्टर हेडलाइट पाउन सकिन्छ। त्यस्तै, गाडीको टेल लाइट पनि एलइडी छ।

 

एच–५ को हेडलाइट एड्जस्टेबल छन्। अर्थात्, आफूलाई अनुकूलतरिकाले राख्न सकिन्छ। टाटा एच–५मा फग लाइट र रेन सेन्सिङ वाइपर पनि छ। पानी परेको थाहाहुने बित्तिकै वाइपर आफै चल्छ। एच–५ मा सन रुफ पनि छ। उस्तै, उताजिपकम्पासको बाहिरी आवरण पनिआकर्षक छ। कम्पासको अगाडि भागमाभएको सिग्नेचर सात वटा ग्रिलले कम्पासलाई निकै बोल्ड देखाएको छ। टाटा एच–५ मा जस्तै कम्पासमापनि एलइडी डिआरएलपाउन सकिन्छ भने हेडलाइट पनि एलइडी छ।

कम्पास र एच–५ दुवैमा अलोयह्विलपाउन सकिन्छ। कम्पासामा १८ इन्चको अलोय ह्विल छ भने एच–५ मा १७इन्चको अलोय ह्विल छ। तर टाटा एच–५ मा जिपकम्पासको तुलनामा बढी ग्राउन्ड क्लेरेन्स छ। एच–५मा२०५ एमएमको ग्राउन्ड क्लेरेन्स छ। जुन नेपाली भू–भागको लागिनिकै उपयुक्त र सुरक्षित मानिन्छ। प्रिमियम सेग्मेन्ट कै जिपकम्पासको भने जम्मा १७८ एमएम ग्राउन्ड क्लेरेन्स छ। जिपकम्पासको लम्बाई ४,४०५ एमएम, चौढाई १,८१८ एमएम र उचाई १,६४० एमएम छ। त्यस्तै यसको ह्विलबेस जम्मा २,६४६ छ। कम्पासको तुलनामा टाटा एच–५ को ह्विलबेस २,७४१ एमएम छ। एच–५को लम्बाई ४,५९८ एमएम, चौढाई १,८९४ एमएम र उचाई १,७०६ एमएम छ। एच–५ र कम्पास दुवै ५–सिटर एसयुभीहुन्।

 

आन्तरिक स्टाइलिङः
टाटा एच–५ को आन्तरिक स्टाइलिङ समेत आकर्षक र आधुनिक छ। एच–५को क्याबिननिकै खुल्ला छ। यसको स्टेरिङ ह्विलको वरिपरि लेदर प्रयोग गरिएको छ। एच–५को गियर सिफ्ट सेलेक्टरमा पनि लेदर पाउन सकिन्छ जुनजिपकम्पासमा समावेश गरिएको छैन। एच–५को आउटसाइड रिअर भ्यू मिररलाई अद्यावरण गरिएको छ। गाडीमा विभिन्न रंगीनविकल्पसहित टचस्क्रिन प्रविधि समावेश गरिएको छ।

जिपकम्पासको आन्तरिक डिजाइन पनिआकर्षक छ। कम्पासमा १०.१ इन्चको टचस्क्रिनइन्फोटेनमेन्ट प्रविधि छ। जसले वायरलेस एप्पल कारप्ले र एनड्रोइड अटो कनेक्टिभिटीलाई सपोर्ट गर्छ। त्यस्तै कम्पासले एमजोन एलेक्सालाई पनि सपोर्ट गर्छ। ड्राइभरको लागिकम्पासमा १०.२ इन्चको पुरै डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ भने एच–५ मा जस्तै कम्पासको स्टेरिङ ह्विलमाभने लेदर पाउन सकिन्छ। टाटा एच–५ र जिपकम्पास दुवैमा डिजिटल अडोमिटर, डिजिटल घडी, एड्जस्टेबल सिट र डुअल टोन ड्यासबोर्ड जस्ता विशेषताहरू पाउन सकिन्छ। एच–५ को तुलनामाकम्पासमाभने भेन्टिलेटेड सिटहरू छन्। दुवै एसयुभीको अगाडि भागको सिटहरू एड्जस्टेबल छन्। अर्थात् चालक र यात्रुलाई उपयुक्तहुने तरिकाले सिटलाई मिलाउन सकिन्छ।

 

सुरक्षाः
सुरक्षाको विषयमा टाटा एच–५ र जिपकम्पासले विशेष ध्यान पु¥याएको छ। एच–५ सेग्मेन्टको बेस्ट बिल्ड एसयुभीहो। सुरक्षाको लागिएच–५मा ६ वटा एयरब्याग छन्। त्यस्तै गाडीमा इबिडीसहितको एबिएस, पेरिमेट्रिक अर्लाम प्रविधि, कर्नर स्टेबिलिटी कन्ट्रोल, अफ रोड एबिएस, ब्रेक डिस्क वाइपिङ, इबिडीसहितको एबिएसलगायतथुप्रै विशेषताहरू समावेश गरिएको छ।

त्यस्तै, जिपले पनिकम्पास निर्माण समय सुरक्षालाई विशेष प्राथमिकतामा राखेको छ। कम्पासमाविद्युतीयपार्किङ ब्रेक, डुअल–नोट विद्युतीयहर्न, अकुप्यान्ट डिटेक्टिभ प्रविधिलगायत सुरक्षाकाविशेषताहरू छन्। एच–५ मा जस्तै जिपकम्पासमापनि ६ वटा एयरब्यागपाउन सकिन्छ जसले गर्दा यात्रालाई सुरक्षित बनाउँछ। टाटा एच–५ र जिपकम्पास दुवैमा एन्टी लक ब्रेकिङप्रविधि, चाइल्ड सेफ्टी लक्स, अटोमेटिक हेडल्याम्स, एन्टी थेफ्ट अर्लाम, सिट बेल्ट वार्निङ, ३६० भ्यू क्यामेरा, हिल असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, आइसोफिक्स चाइल्ड सिट माउन्टसलगायत सुरक्षा विशेषताहरू समावेश गरिएको छ।

इन्जिन र पर्फमेन्सः
टाटा एच–५मा बिएस–६ सहितको २.० लिटर टर्बोचार्ज इन्जिन जडित छ। एच–५ डिजेलइन्जिनविकल्पमाउपलब्ध छ। जसले अधिकतम १६८ बिएचपीपावर र ३५० एनएम टर्क जेनेरेट गर्छ। कम्पनीले एच–५ ६ स्पीड म्यानुअल र अटोमेटिक गियरबक्स विकल्पमा सार्वजनिक गरेको छ। जिपकम्पास भने १.४ लिटर टर्बो पेट्रोल र २.० लिटर टर्बो डिजेल इन्जिनविकल्पमाउपलब्ध छ। कम्पास पनिबिएस–६ कम्प्लायन्ट मै आधारित छ। कम्पासको पेट्रोल इन्जिन ६ स्पीड म्यानुअल र ७ स्पीड डुअल–क्लच ट्रान्समिसनविकल्पमाउपलब्ध छ।

नेपालमाएच–५ को सुरुवातीमूल्य ८६ लाख ८५ हजारदेखि ९० लाख ८५ हजार रुपैयाँतोकिएको छ। नेपालमाएच–५ एक्सजेडए, एक्सजेड प्लस प्यानारोमिक सनरूफ र एक्सजेडए प्लस प्यानारोमिक सनरूफ ट्रिममा उपलब्ध छ। नेपालीबजारमा एच–५ रातो, सेतो र ग्रे गरी तीन रंग विकल्पमाउपलब्ध छ। एच–५ ले रोडमा देखाउने आफ्नो प्रस्तुतिका कारण एच–५ बजारमा निकै रुचाइएको प्रिमियमएसयुभीहो।

उस्तै जिपकम्पासको सुरुवातीबजार मूल्यभने ८७लाख ९० हजार तोकिएको छ। कम्पास रातो, कालो, सेतो, हरियो, ग्रे र निलो रंग विकल्पमाउपलब्ध छ। यसर्थ, मूल्यको हिसाबमापनिथुप्रै विशेषताले भरिपूर्ण टाटा एच–५ जिपको तुलनामाअलि सस्तो छ।