२०८१ बैशाख १४ , शुक्रवार

नेशनल लाईफ इन्स्योरेन्स ३४ औं वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश

सुनाखरी न्युज/ काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलि. ले आज ३४ औं वर्ष पुरा गरी ३५ औं वर्षमाप्रवेश गरेको छ । कम्पनीले आफ्नो ३५ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।

 

कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जस्मा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । यसै गरी कर्मचारीहरु माझविभिन्न खेलकुदकार्यक्रम सम्पन्नगरिएको छ । कोभिड १९ का कारण औपचारिक रुपमा जमघट हुने गरी कुनै पनि कार्यक्रम गरिएन ।

 

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापितयो कम्पनीले विगतवर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । यहिआर्थिक वर्षको मुनाफा वाट कम्पनीले शेयरधनीहरु लाई १९ प्रतिशतबोनस शेयर र एक प्रतिशतकर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा लगिएको छ । कम्पनीको जीवन बीमा कोषमा रु.५० अरबको हाराहरीमा रकम जम्मा भएको छ । कम्पनीले चुक्तापूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी ४ अर्ब ३ करोड रुपैयाँपुग्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ मा आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर दिन सफल भएको छ ।

कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रतिहजार ६४ रुपैयाँ देखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँ सम्मदिएको सहर्ष जानकारी गराउछौं । कम्पनीले चालु वर्षमा शाखा कार्यालयमा आफ्नो भवननिर्माणगर्ने प्रक्रृया समेत अघि बढाएको छ । कम्पनीको ३५ औं वार्षिकोत्सवको अवसरमा कम्पनी प्रति विश्वासका साथ सहकार्य गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी, अभिकर्ताहरु एवं शुभेच्छुकहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछौं ।