२०८१ बैशाख ११ , मंगलबार

एनएमबि बैंकले ल्यायो युवा लक्षित बचत योजना

सुनाखरी न्युज/ काठमाडौं। एनएमबि बैंकले युवालाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ‘NMB You-Wah! Digi Savings’ सार्वजनिक गरेको छ ।

 

यो खाता १८ देखि ४० वर्ष उमेर समूहका युवाले खोल्न सक्नेछन् । बैंकले यो खाताअन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर दिनुका साथै मेरो सेयर, डिम्याट र आस्बा निःशुल्क उपलब्ध गराउनेछ ।

त्यसैगरी योजनाअन्तर्गत बैंकले एनएमबि ओम्नीच्यानल बैंकिङ, एनएमबि क्रेडिट कार्ड र एनएमबि डलर कार्डमा निःशुल्क सुविधासहित डिजिटल कारोबारमा निःशुल्क अन्तरबैंक फण्ड ट्रान्सफर र वार्षिक १ हजार २ सयसम्मको क्यास ब्याक योजनाजस्ता लाभ उपलब्ध गराउनेछ ।

 

बैंकले उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट समेत उपलब्ध गराउने जनाएको छ ।