२०८१ जेठ ७ , सोमवार

एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्रीको पहल

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता अनुमोदनका लागि पहल तीब्र पार्नुभएको छ ।

 

प्रधानमन्त्री देउवाले मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा विपक्षी दलका नेता केपी शर्मा ओलीसँग एमसीसी अनुमोदनका लागि सहयोग माग्नुभएको हो । अध्यक्ष ‌ओलीले भने एमालेले ६ महिनादेखि कुनै पनि संसदीय प्रक्रियामा सहभागी नभएको कारण आफ्नो माग पूरा गर्न आग्रह गर्नुभएको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो ।

 

भेटवार्तामा प्रधानमन्त्री देउवासँग कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी हुनुभएको थियो ।