२०८१ जेठ ४ , शुक्रवार

ग्याङ्गस्टार बनेका अक्षयकुमार अभिनित ‘बच्चन पाण्डे’ को ट्रेलर रिलिज

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड अभिनेता अक्षयकुमार अभिनित फिल्म ‘बच्चन पाण्डे’ को ट्रेलर रिलिज भएको छ। सार्वजनिक गरिएको ‘एक्सन कमेडी’ फिल्ममा अक्षय ग्याङ्गस्टरको भूमिकामा देखिएका छन्।

 

साजिद नाडियाबालाको प्रोडक्सनमा बनेको फिल्म दक्षिण भारतीय जिगरथान्डाको रिमेक हो। १८ मार्चमा प्रदर्शनको मिति तय गरिएको फिल्ममा कृति सेनन एक महत्वाकांक्षी निर्देशक माइरा देवेकरको भूमिकामा देखिएकी छन्। जो ग्याङ्स्टार बच्चन पाण्डेको कथामा फिल्म बनाउन लागिपरेकी छिन्।

 

फिल्ममा अक्षय कुमारसँगै कृति सेनन र ज्याकलिन फर्नान्डिज र अरशत वार्शी मुख्य भूमिकामा छन्। तीन मिनेट ४१ सेकेण्डको ट्रेलरमा फिल्ममा रक्पातपूर्ण फाइट सिनहरू बढी राखिएको छ। फराद साम्जीले फिल्मलाई निर्देशन गरेका हुन्।एजेन्सी