२०८१ बैशाख ७ , शुक्रवार

नेप्सेमा १७ अंकको बृद्धि, कारोबार रकम भने ३ अर्ब २१ करोडमा सिमित

सुनाखरी न्युज/ काठमाडौं।

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो शेयर बजार मापक सूचक (नेप्से) १७.४२ अंकले बढेर २७३५.९३ विन्दुमा पुगेको छ ।

 

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२८ कम्पनीको ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँ बराबरको ६० लाख ८१ हजार ८२२ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ बराबरकोकारोबार भएको थियो ।

 

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ११ हरियो भएको छ । भने २ वटा घटेको छ । टेलिकमको शेयरमा लगानीकर्ता झुम्मिएका हुन् ।