२०८१ जेठ ७ , सोमवार

सातै प्रदेशमा‘प्रादेशिक उद्यमशिलता परिसंवाद’आयोजना हुँदै

सुनाखरी न्युज/ काठमाडौं। प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र विशाल फाउन्डेसनको संयुक्त आयोजनामा प्रादेशिक उद्यमशिलता परिसंवाद (Provincial Entrepreneur Dialogue) हुने भएको छ ।

 

व्यवसायका प्राथमिकता र क्षेत्रहरु, पछिल्लो समय उद्यम व्यवसायमा परेको नकारात्मक प्रभाव र प्रदेशको आर्थिक सवलीकरणका सम्बन्धमा सरकार र नीजि क्षेत्र बीचको उच्चस्तरको परिसंवाद आयोजना हुन लागेको हो । कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पारेको प्रभावको पहिचान गरी सरकार, निजि क्षेत्र सहितका साझेदार निकायको संयुक्त संवादबाट आर्थिक पुनःउत्थानको मोडेल र विषयहरु घोषणापत्र मार्फत सार्वजनिक गर्न र कार्यान्वयनका लागि निरन्तर लविङ् गर्नका लागि परिसंवाद आयोजना गर्न लागिएको परिसंघका अध्यक्षएवं बरिष्ठ उद्यमी विष्णु कुमार अग्रवालले जानकारी दिनुभयो ।

 

सोमबार नेपाल उद्योग परिसंघको केन्द्रीय कार्यालय थापाथलीमा प्रादेशिक उद्यमशिलता परिसंवाद आयोजना गर्नका लागि नेपाल उद्योग परिसंघ र विशाल फाउण्डेसन बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । उद्यमीका मुद्दाहरुलाई तीनै तहको बजेट अगाडि नै सरकार समक्ष प्रस्तुतगरिने परिसंघका अध्यक्ष अग्रवालले बताउनुभयो । यस्तै विशाल फाउन्डेसनका अध्यक्ष नरेश प्रसाद श्रेष्ठले अहिलको आवश्यकताभनेको प्रदेश तथा स्थानियतहका उद्यमीहरुको प्रर्वद्धन गर्नु रहेको र यो परिसंवादले निश्चय पनि प्रादेशिक स्तरमा उद्यमशिलता प्रर्वद्धन गर्न र युवाजमातलाई उद्यशिलतामा एकिकृत गर्नकालागि महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

 

यो परिसंवादबाट उद्योगी व्यवासायीहरुको समस्या र चुनौतीलाई पहिचानगर्दै तीनै तहका सरकारले साना, घरेलु, मझौलातथा ठुला उद्योगी व्यवसायी कसरी सम्बोधन गरेका छन र आगामीनीति तथा योजनाहरुलाई कसरी उद्योगीव्यवसायी मैत्रीबनाउने भनि सरकारलाई सुझावदिने उद्देश्य सहित यो परिसंवाद आयोजनागर्न लागिएको नेपालउद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसादअधिकारीले जानकारी दिनुभयो । विशाल फाउन्डेसनका कार्यकारी निर्देशकविशाल गैरेले सम्बन्धीत प्रदेश सरकारको समेत आयोजना हुने उद्यमशिलता परिसंवाद चैत्र मसान्तभित्र सम्पन्न गर्ने योजना रहेको र परिसंवादमा भौतिक रुपमा २५० जना र २ हजारभन्दा बढि सरोकारवालाहरु जुम र फेसबुक लाइभमार्फत सहभागीहुने जानकारी दिनुभयो ।

 

परिसंवादमा प्रदेश भित्रको भिड पछिको अर्थतन्त्र, आर्थिक पुनःउत्थानको रोडम्याप, डिजीटल अर्थतन्त्र र डिजिटल नेपाल फ्रेमवर्क, स्टार्टअप उद्यमका अवसर, महिला उद्यमशिलता, रोजगारी, कृषि र पर्यटन क्षेत्रमा नेपालको सम्भावना, दिगो विकासका लक्ष्य प्राप्ती लगायतका ५ देखि ७ वटा सेसनहरु रहने छन । परिसंवादमा संघीय सरकारकामन्त्री, मुख्यमन्त्री, प्रदेशका आर्थिक मामिला र उद्योगमन्त्री, सचिव र योजनाआयोगकाउपाध्यक्षहरु, निजि क्षेत्रका वरिष्ठ उद्यमीहरु सहभागीहुने भएकाले प्रादेशिक संरचना भित्र व्यवसाय विस्तार गर्न चाहनेका लागि यो सम्मेलन उपलब्धीमुलक रहने नेपाल उद्योग परिसंघले जनाएको छ ।