२०८१ जेठ ८ , मंगलबार

बढ्यो सुनको मुल्य

सुनाखरी न्युज/ काठमाडौं। सुनको मुल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ । केहि दिनदेखि लगातार बढिरहेको सुनको मूल्य सोमबार भने ४ सय रुपैयाँ घटेको थियो भने आज फेरी बढेको हो ।

 

मंगलबार सुन प्रति प्रतितोला ९७ हजार रुपैयाँमा बारोबार भएको छ भने तेजावी सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मुल्य १३१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मुल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार सुन तोलामा एक सय रुपैयाँ वृद्धि भएको भएर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, गत शुक्रबार ९६ हजार ५ सय रुपैयाँ कारोबार भएको थियो । चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको । चाँदी सोमबार एक हजार ३ रुपैयाँमा कारोबार भइरहेको थियो ।

 

एक हप्ता अघि सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको थियो भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १२८० मा कारोबार भएकोमा थियो ।