२०८१ बैशाख १३ , बिहिवार

एमसीसी प्रक्रियाबाटै टुंगिन्छ, सत्ता गठबन्धन टुट्दैनः दाहाल, नेपालले भने निर्णय यथावत नै छ

सुनाखरी न्युज/ काठमाडौँ ।

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्ता गठबन्धन नटुट्ने बताएका छन् ।

 

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सोमबार  पुगेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष दाहालले यस्ते बताएका हुन् ।

 

नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दाहालले दिए । बैठकमा नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि अध्यक्ष उनले बताए ।

 

अध्यक्ष दाहालले भने, ‘उहाँले अरु कुरा होइन, यो गठबन्धन पनि बचाउनु पर्छ, एमसीसी पनि समस्या समाधान हुनुपर्‍यो भन्ने लाइनबाट भन्नुभएको थियो । मैले गठबन्धन बच्छ, एमसीसी त अब प्रक्रियाबाट टुंगिन्छ भने त्यही हो ।’

 

नेता पौडेलले आज नै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसाग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका थिए ।