२०८१ जेठ ६ , आइतवार

कोरोना अपडेटः २४ घण्टामा थप ३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं ।

 

पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ पीसीआर परीक्षणमा २४७ र दुई हजार ९१५ एन्टिजेन परीक्षणमा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२०५ जना संक्रमणमुक्त भएका छन् ।

 

देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ ।