२०८१ बैशाख १२ , बुधवार

राजाराम बर्तौलाले त्यागे राप्रपा, दिए केन्द्रीय सदस्यबाट राजीनामा

सुनाखरी न्युज/ काठमाडौं।

राजाराम बर्तौलाले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

 

पार्टीको महाधिवेशन पश्चात बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको क्रममा भएको निर्मल निवासको हस्तक्षेप बारे छानबिन नगरेको, पार्टीभित्र सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै उनले पार्टीभित्र बस्न नसक्ने र साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट बर्तौलाले राजीनामा दिएको बताएका छन् ।