२०८१ जेठ ८ , मंगलबार

बागमती प्रदेश स्वास्थ्यतर्फ ९ औं तहमा ४८ जनाको लागि दरखास्त आह्वान

सुनाखरी न्युज/ काठमाडौं।

बागमती प्रदेश प्रदेश लोकसेवा आयोग हेटौडाले स्वास्थ्य तर्फ विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ। विभिन्न समूहका प्राविधिक तर्फका नवौँ तहका पदहरुमा आन्तरिक प्रतिस्पर्धा, बढुवा र खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भएको छ।

 

आयोगले सोमबार विभिन्न पदहरुमा दरखास्त आव्हान गर्दै ती पदहरुमा पदपूर्तीको दरखास्त आह्वान गरेको हो। कार्यक्षमताको मूल्यांकनका आधारमा हुने बढुवातर्फ २८ पद, आन्तरिक प्रतिस्पर्धातर्फ ११ जना नवौ तहको अधिकृत र खुल्लातर्फ पनि नवौँ तहको ९ जना नवौँ तहको अधिकृतका लागि दरखास्त आह्वान गरिएको हो।

पेडियाट्रि मेडिसिन, जनस्वास्थ्य प्रशासक, जनरल प्याथोलोजी, जनरल सर्जरी, माईक्रोबायोलोजी, पेडियाट्रि मेडिसिन, जनरल मेडिसिन, अर्थोपेडिक सर्जरी, साइकियाट्री लगायतका पदहरुका लागि पनि कर्मचारी माग गरिएको छ।