२०८१ जेठ ४ , शुक्रवार

आईआईएफटीको ‘ड्रेस टु इम्प्रेस-४’मा चार डिजाइनरले उपाधि जित्न सफल

सुनाखरी न्युज/ काठमाडौं।

डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्‍याम्प शो‘ड्रेस टु इम्प्रेस’मा चार जनाले उपाधि जितेका छन् । शनिबार काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न‘ड्रेस टु इम्प्रेस’को चौथो संस्करणमा विभिन्न चार विधामा उपाधि प्रदान गरिएको हो ।

इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नालोजी (आईआईएफटी)ले आयोजना गरेको डिजाइनर कन्टेस्टमा इन्जु तामाङले ट्रिब्युट टु भर्जिन एब्लोभ, सुनिता खड्काले डेनिम थिम, बबिता पाण्डेले हिस्टोरिकल क्वीन र अमृता गिरिले माउन्टेनियरिङतर्फ उपाधि जित्न सफल भएका हुन् ।

चारैजना विजेताले आईआईएफटीको तर्फबाट १५ हजार रुपैयाँ नगद प्राप्त गरे भने यूएफओको तर्फबाट १० हजार बराबरको सपिङ भौचर र कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बज्र ननिताज फिटनेस क्लबको तर्फबाट ३५ हजार बराबरको प्याकेज प्राप्त गरेका आईआईएफटीका प्रबन्ध निर्देशक भुपु तेन्जिङ शेर्पाले बताए ।