२०८१ जेठ ४ , शुक्रवार

आईसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट: नेपाल क्यानाडासँग प्रतिस्पर्धा गर्दै

सुनाखरी न्युज/ काठमाडौं । आईसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ ।

 

नेपाल र क्यानाडाबीचको खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । छनोट अन्तर्गत अघिल्ला दुबै खेल जितिसकेको नेपालले क्यानाडालाई जिते समूह विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्नेछ ।

नेपालले समूह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गर्दा सेमिफाइनल समूह ए को उपविजेतासँग खेल्नेछ । अन्तिम खेलसंगै आज नै सेमिफाइनल पुग्ने सम्पुर्ण टोलीको टुङगो पनि लाग्नेछ ।