२०८१ बैशाख १५ , शनिवार

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

सुनाखरी न्युज/ सुनसरी। सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्वुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका-५ कि ३८ बर्षीया निर्मला उराव रहेकी छिन । हिजो बेलुकी सवा ४ बजे प्रदेश २-०१-००१ झ ००२८ नम्वरको एम्वुलेन्सले प्रदेश १-०२-०४१ प २१५५ नम्वरको स्कुटरलाई ठक्कर दिदा घाईते भएकि उरावको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने एम्वुलेन्स र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।