२०८१ जेठ ७ , सोमवार

फेसबुक स्टोरीमा २० सेकेन्डभन्दा माथिको भिडिओ कसरी राख्ने ?यस्तो छ तरिका

सुनाखरी न्युज/ काठमाडौं।

चर्चित सामाजिक सञ्जाल फेसबुकमा अनेकन् फिचर छन् । सबै फिचर हामीले प्रयोग गरेका हुँदैनौं । धेरैले च्याट गर्न, पोस्ट गर्न र अरूले गरेका पोस्ट पढ्न र प्रतिक्रिया दिन फेसबुक प्रयोग गरेको पाइन्छ ।

अचेल प्रायः मानिसले स्टोरीमा टिकटकका भिडिओ राखिरहेका हुन्छन् । ती भिडिओ सोझै राख्दा २० सेकेन्डभन्दा माथिको राख्न मिल्दैन वा त्यसलाई २० सेकेन्डसम्म ट्रिम गरेर अपलोड गर्नुपर्ने हुन्छ ।

यदि भिडिओ २० सेकेन्डभन्दा माथिको राख्नपऱ्यो भने के गर्ने त ?

त्यसका लागि आफ्नो स्मार्टफोनको ग्यालरीमा सबैभन्दा पहिला अपलोड गर्न पर्ने भिडिओ राख्नुहोस् । त्यसपछि म्यासेन्जर एपमा गई कुनै एक साथीसँगको च्याटबक्स खोल्नुहोस् । त्यहाँ देखाइएको फोटो सेन्ड गर्ने आइकनमा क्लिक गर्नुहोस् । र आफूले स्टोरीमा राख्न चाहेको भिडिओ सेलेक्ट गर्नुहोस् । सेलेक्ट गरिसकेपछि एडिट र सेन्ड भन्ने दुइवटा अप्सन आउँछ । त्यसपछि एडिटमा थिच्नुहोस् ।

 

एडिटमा थिचिसकेपछि त्यो भिडिओ एउटा नयाँ इन्टरफेसमा खुल्छ । त्यसको तलपट्टि ‘योर स्टोरी’ लेखेको आइकन सहितको बक्स देखिन्छ । त्यसमा थिच्नुभयो भने तपाईंले चाहेको २० सेकेन्डभन्दा माथिको भिडिओ चौबिस घण्टासम्मका लागि स्टोरीमा अपलोड हुन्छ । यदि भिडिओ ५ मिनेटभन्दा बढीको छ वा एडिटमा क्लिक गर्दा ‘दिस फोटो कान्ट बि सेन्ट’ (This Video can’t be sent) भनेर देखाएको छ भने कसरी अपलोड गर्ने त ?

 

त्यसका लागि पुनः ‘एडिट भिडिओ’ मा क्लिक गर्नुपर्ने हुन्छ । भिडिओमा क्लिक गरिसकेपछि भिडिओ कम्प्रेश भएर ४८ एमबी साइजको हुन्छ भने केही अवस्थामा भिडिओको समय अलिकति घटेर एडजस्ट हुन्छ । यसरी लामो समयको भिडिओ म्यासेन्जर स्टोरीमा अपलोड गर्न सकिन्छ ।