२०८१ जेठ ७ , सोमवार

कुनै पनि हालतमा एमसिसी पास हुन दिन्नौँ : राप्रपा युवक संगठन अध्यक्ष लोहनी

सुनाखरी न्युज/ काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले एमसिसीको विवादास्पद र राष्ट्रहित विपरीतका प्रावधान खारेजीको माग गर्दै काठमाडौंमा गरेको शान्तिपुर्ण प्रदर्शनमा प्रहरी दमन भएको छ। दमन प्रती राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका अध्यक्ष फणिराज लोहनी राजु ले खेद व्यक्त गर्नु भएको छ।

 

संगठनका अध्यक्ष राजु लोहनीले भने-‘सार्वभौम जनताको अपमान हुनेगरी जुन किसिमले एमसीसी सम्झैता सदनमा टेबुल गरिएको छ, यसको विरुद्ध हामी आन्दोलनको आँधीबेहरी ल्याउँछौँ । कुनै पनि हालतमा एमसिसी पास हुन दिन्नौँ ।’अध्यक्ष लोहनीले राष्ट्रघाती एमसिसी सम्झौताक विरुद्धको शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको हस्तक्षेपको घोर भत्र्सना गर्दै आन्दोलन मा घाईते भएका साथीहरुको सिग्र स्वास्थ लाभको कामना गर्नु भएको छ ।

सत्ता गठबन्धनका मुख्य घटक माओवादी केन्द्र र एकीकृत समाजवादीको असहमतिका बावजुद सरकारले एमसिसी सदनमा पेश गरेको छ । सदनमा एमसिसी टेबुल हुँदै गर्दा बानेश्वर क्षेत्रको सडक भने रणभूमि बनेको थियो । प्रदर्शनकारीमाथि प्रहरीले दमन गर्न खोजेपछि झडप भएको थियो । झडपमा दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् ।