२०८१ जेठ ४ , शुक्रवार

गुणस्तरीय शिक्षाले मात्रै आर्कषण वढाउँछ: सांसद भट्टराई

शिशिर पौडेल / पोखरा  । संघीय संसदका सदस्य विद्या भट्टराइृले गुणस्तरीय शिक्षाले मात्रै विद्यालयमा विद्यार्थीको आर्कषण वढाउन सकिने वताउनु भएको छ ।

 

पोखरा १६ अर्मलामा रहेको अन्नपुर्ण मा.विको नवनिर्मित चार कोठे पककी भवन, शौचालय र खानेपानीको उद्घाटन पछि आयोजित कार्यक्ममा वोल्दै उहााले सरकारी विदालयमा पछिल्लो समय भौतिक पुर्वाधार निमाृणले तिव्रता पाए पनि शैक्षिक गुणस्तरमा भने अझै कमजोर नै रहेको दावी गर्नुृभयो । भुकम्प पछि सासंद विकास कोष मार्फत पनि विदालय पुनृनिर्माणका कामले तिव्रता पाएको वताउदै, शिक्षामा भएको लगानी अनुसार प्रतिफल पाउन नसकिएकोमा गुनासो गनुृभयो ।कास्की क्षेत्र नं. २ का सांसद समेत रहेकी भट्टराईले आफुले यस क्षेत्रको विकासका लागी कुनै कसर वाकी नराखेको वताउदै केही महत्वपुर्ण योजना वर्तमान सरकारले काटेकोमा चित्त दुखाउनुभयो ।

 

उहाँले छिट्टै अर्मलाकोट आटीघर मौजा सडक निर्माणको काम शुरु हुने समेत वताउनुभयो । पोखरा १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्यले सवैको सामुहिक प्रयासवाट मात्रै शिक्षामा परिवर्तन गर्न सकिने वताउनुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा कार्यान्वयन ईकाइका प्रमुख नारायण सुवेदी, पोखरा महानगर शिक्षा महात्राखा प्रमुख हेम प्रसाद आचार्य, पुर्व वडाध्यक्ष दान व. वानिया, जिल्ला समन्वय समिति कास्कीका सदस्य गुमा अधिकारी गौतम, पुर्व अध्यक्ष कुल प्रसाद भट्टराई, वडा सदस्य राजेश गुरुङ, प्रधानाध्यापक माधव प्र. आचार्यृ, सह प्रधानाध्यापक भीम प्र. सुवेदी लगायतले वोलेका थिए ।

 

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रिय आयोजना, जिलला कार्यान्वयन इकाइ को ६८ लाख ६५ हजारको लागतमा पक्की भवन, १४ लाख ४९ हजारको लागतमा शौचालय, र ७ लाख ४० हजारको आर्थिक सहयोगमा उक्त योजना सम्पन्न भएको विद्यालयले जनाएको छ ।